सरकार पूर्ण रूपमा असफल छ : अग्निप्रसाद सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।
बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले दुई तिहाइ शक्ति भए पनि सदनदेखि डराइरहेको टिप्पणी गरेका हुन् । उनले सरकारले भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि ल्याएको बताएका छन् ।
उनले अब भोलिदेखि सरकार विपक्षीहरूले घेराबन्दीमा पर्ने बताए । विपक्षीहरूले तर्कसहित भोली देखि सुरु हुने संसदको बैठकमा अध्यादेशको विरोध जनाउने भएपछि पार्टीको बैठक राखेर प्रतिवाद गर्न निर्देशन दिएको उनको दाबी छ ।
