'एमाले नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा छ'
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीबार प्रेस चौतारी नेपालको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु समृद्ध नेपाली, सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको बताएका हुन् । उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पेस गर्दैमा बायसको धारणा बनाउन उपयुक्त नहुने बताए ।
उनले विधेयक पेस गर्दैमा त्यसको बायसको धारणा बनाएर लोकतन्त्रलाई अमर्यादित बनाउन नहुने बताए । उनले ६÷६ महिनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उनको भनाइ छ । यसमा विभिन्न शक्ति लागेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहेको उनको दाबी छ ।
