sevenstartv.com २१ वैशाख २०८३, सोमवार

वातावरणीय लेखापरीक्षण कानुनको वकालत गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । वातावरणीय लेखापरीक्षणका लागि कानुन आवश्यक भएको भन्दै यस सम्बन्धमा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ ।

एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको जरुरी सार्वजनिक प्रस्तावमा ठाकुर गैरे, प्रतिमा गौतम, माधव सापकोटा, निशा डाँगी र बिना लामा समर्थक रहेका छन् । उक्त प्रस्ताव बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो । 

प्रस्ताव दर्ता गर्दै उनीहरूले नेपालमा वातावरणीय लेखापरीक्षणको लागि कुनै स्पष्ट कानुनी व्यवस्था नभएको तथा कानुनले प्रष्टरुपमा वातावरणीय लेखापरीक्षण अनिवार्य नभनेको अवस्था पनि उल्लेख गरेका छन् । 

वातावरणीय लेखापरीक्षणलाई सरकारले लागू नगरेसम्म यसले समस्यालाई बढवा दिने भन्दै यसका लागि कानुनी प्रष्टता आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्