sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि व्यापारमुखी बन्दै गएको छ : सभापति देउवा

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि व्यापारमुखी बन्दै गएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताए ।

पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताएका छन् । उनले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताए। थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए ।

देउवाले भने, ‘हाम्रो अर्थतन्त्र उत्पादनभन्दा पनि व्यापारमुखी बन्दै गएको छ। यही अवस्थालाई मद्देनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना र मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएका हौँ । नेपालमा युवा उद्यमी आकर्षण गर्न, उद्यमीको व्यवसाय प्रवर्धन गर्न, साना तथा मझौला उद्यमी, व्यापारी व्यवसायीहरूको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशीलता, साना र मझौला व्यवसायी विकास विभाग गठन गरेका हौँ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्