sevenstartv.com २१ वैशाख २०८३, सोमवार

शहीदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छन् ।

शहीद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूको योगदान अमर रहेको बताएकी हुन् ।

उनले लेखेकी छिन्, ‘शहीद दिवसमा शहीदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र शहीदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्