sevenstartv.com २१ वैशाख २०८३, सोमवार

विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : राष्ट्रपति पौडेल

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्ष पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । 

शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएका हुन् । 

राष्ट्रपति पौडेलले, ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो। यो दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेकाहरूकोआकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्