sevenstartv.com २१ वैशाख २०८३, सोमवार

समाजवादी मोर्चा कुम्भकर्ण होइन : विप्लव

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा कुम्भकर्ण नभई ब्युँझेर आएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा गरेको विचार सभालाई सम्बोधन गर्दै विप्लवले अब मोर्चा सक्रिय रूपमा अगाडि बढ्ने बताएका हुन् । गणतन्त्र स्थापना भएको १८ वर्षमा जनता उकुसमुकुस भएको र बिस्तारै नयाँ तरिकाले सोच्न थालेको उनले स्पष्ट पारे । 

‘समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ’, उनले भने, ‘थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ । सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेका छन् । जनताले निकासको चाहना राखेका छन् । सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको छ ।’ 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्