sevenstartv.com २० वैशाख २०८३, आइतवार

मधेस प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  मधेस प्रदेश सरकारका ८ जना राज्यमन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सतिशकुुमार सिंहले मंगलबार ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरुको समय उद्घाटनमै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले राज्यमन्त्री हटाइएको बताए। भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुरले आफूराज्यमन्त्रीकै हैसियतमा काम गरिरहेको जानकारी दिइन ।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए ।  मधेश सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्