sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सांसद्हरुसँग समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई सभापति देउवाको निर्देशन

१४ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद्हरुले सरकारले ल्याएको बजेटबारे प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार आज दोस्रो दिन पछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा १७ जनाले धारणा राखेका थिए ।

केही सांसदहरु बोल्न बाँकी रहेको र त्यसपछि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम भएकाले बैठक नसकिएको बताइएको छ । अर्को बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको घिमिरले जानकारी दिए । 

सांसद् रामहरी खतिवडाका अनुसार अधिकांश सांसदले मन्त्रीहरुलाई राम्रोसँग काम गर्न आग्रह गरेका थिए । त्यस्तै सभापति शेरबहादुर देउवाले सांसद्हरुसँग समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्