सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रभावकारी र तत्परतापूर्वक काम कारबाही हुन नसकेको छैन् : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रभावकारी र तत्परतापूर्वक काम कारबाही हुन नसकेको बताएका छन् ।
सोमबार सम्पत्ति शुद्धिकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजन तीव्र पार्न जरुरी रहेको पनि बताएका हुन् ।
उनले अनुसन्धान र अभियोजन र कारबाही अघि बढाएको उल्लेख गरे । सम्पत्ति शुद्धिकरण निवारणको अभियान प्रभावकारी रुपमा अगाडि बढाएका छौँ भनेर गर्व गर्नसक्ने हुनुपर्ने थियो तर यो बीचमा प्रभावकारी र तत्परताका साथ कामहरु हुन सकेका छैनन्। आउने दिनमा अन्तरराष्ट्रिय संस्थाहरुको परिपालना र आफैँले निर्माण गरेको कानूनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ‚’ उनले भने, ‘अनुसन्धान अभियोजनलाई तीव्रता दिन जरुरी छ। निर्दोष दण्डित हुँदैन‚ दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ।’
उनले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए।
