sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संसदको माघ महिनाको कार्यतालिका तयार, मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

१४ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । आगामी माघ १८ गतेबाट सुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । 

सोमबार बसेको सभामुख र दलहरुका प्रमुख सचेतक र सचेतकको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।

उनका अनुसार  २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ ।  संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताउनु भयो । त्यस्तै संसदको पहिलो दिन सबै अध्यादेश पेश हुने उनले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार सदनप्रति उत्तरदायी नभएको महसुस आफूहरुले गरिरहेको बताए । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्