सभामुख घिमिरेले राष्ट्रिय दलका सचेतकहरूसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयका अनुसार बिहान ११ बजेका लागि छलफल तय गरिएको छ ।
छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० रहेका छन् ।
संसदको हिउँदे अधिवेशनको तयारी अन्तर्गत सभामुख घिमिरेले छलफल राखेका हुन् । यसअघि आइतबार सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ ।
