sevenstartv.com २१ वैशाख २०८३, सोमवार

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज तेह्रथुम जाँदै

१४ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज तेह्रथुम जाने भएका छन् ।

सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टिको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । उनले आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रचण्डले आठराई गाउँपालिका-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उनीसँगै उपमहासचिव वर्षमान पुन पनि रहनेछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्