अखिल क्रान्तिकारीको मतगणना अनिश्चित
काठमाडौं । अखिल क्रान्तिकारीको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशतर्फको मतगणना अनिश्चिकालका लागि स्थगित गरिएको छ । शनिबार भएको मतदानको मतगणना भइरहँदा मधेसको गणना विवाद भएको थियो । मतगणना आइतबार बिहानदेखि रोकिएको हो ।
विश्वविद्यालय प्रदेश समिति र उपत्यका विशेष समितिका निर्वाचन समितिले विज्ञप्ति निकालेर मतगणना अर्को सूचना जारी नभएसम्म स्थगित भएको जानकारी गराएका छन् । विश्वविद्यालय प्रदेश समितिका तर्फबाट निर्वाचन समितिका अर्जुन अधिकारी र उपत्यका विशेष समितिबाट प्रा।डा। जगत पोखरेलले सूचना निकालेका मत गणना स्थगित भएको जानकारी दिनुभएको हो ।
स्थगित मतगणना बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । मधेस प्रदेशको १५९ मत खसेको तर गणनाको क्रममा पाँच मत कम भेटिएपछि विवाद भएको थियो । संस्थापन पक्षले पुनः मतदानको माग गरेको छ भने अर्को पक्षले मतदान सम्भव नहुने अडान लिएको छ । २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि ४ जनाले उम्मेवार दिएका छन् ।
