विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउछाैँ : मन्त्री दामोदर भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले समितिमा आएका उपयुक्त सुझाव र विषय दायाँबायाँ गरेर ऐनको गरिमा माथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरि प्रहार हुन सक्ने भन्दै ऐन र विधेयकमा ध्यानदिनुपर्ने बताएका छन् ।
