sevenstartv.com २१ वैशाख २०८३, सोमवार

एमालेले बाेलायाे संसदीय दलको बैठक

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो । 

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न स संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । 

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्