रास्वपाले बाेलायाे सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।
कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा पनि छलफल हुने रावलले जानकारी दिइन् ।
सहकारी ठगीको मुद्दामा रूपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी रहेकाले रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने-नहुने टुंगो लागेको छैन । आइतबार बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।
