sevenstartv.com २१ वैशाख २०८३, सोमवार

धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने मन्त्री यादवकाे प्रतिवद्धता

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् । 

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताए । 

उनले धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताएका छन् । उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाए । उनले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्