sevenstartv.com २० वैशाख २०८३, आइतवार

चार संसदीय समितिको बैठक बस्दै

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यस्तै दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै मध्याह्न सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्