रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको हाे : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताएका छन् ।
नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने थापाले दाबी गरेका हुन् । बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने बताए ।
दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाको भनाइ छ । बजारको मागलाई हेरेर विद्यालयमा पढाउने विषयवस्तु राख्नुपर्ने उनले बताए । बढी आम्दानी गर्ने विषय पढाउनुपर्ने त्यही अनुसारको पाठ्यक्रम बनाउनुपर्ने थापाले बताएका छन् ।
