वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बताएका हुन् ।
उनले वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताए । उनले वैदेशिक रोजगारसम्बन्धीका मुद्दा जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानुन परिमार्जन गर्नुपर्ने बताएका छन् ।
