sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रवि लामिछानेको मुद्दामा बयान सुरु

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ । सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

कास्की प्रहरी हिरासतमै रहँदा पक्राउ पुर्जी पाएपछि उनलाई कात्तिक २७ गते भैरहवा लगेर बयान लिइएको थियो। उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।

उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ गते पहिलो पटक मुद्दा दायर भएको थियो । तर लामिछानेलाई पुरक उजुरी लगेर छानबिन थालिएको थियो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको निष्कर्ष निकालेको छ । जसमा २ करोड रुपैयाँ रविको नाममा ऋणका रुपमा गएको भेटिएपछि उजुरी परेको थियो । यसअघि उनी कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्