एमालेका नेता विक्रम चौधरी लोसपामा प्रवेश
काठमाडौं । नेकपा एमाले महोत्तरीका नेता विक्रम चौधरी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा आयोजित एक कार्यक्रम बिच एमालेबाट पिप्रा गाउँपालिकाका प्रत्याशी रहेका नेता चौधरी लोसपामा प्रवेश गरेका हुन् ।
नेता चौधरीलाई अध्यक्ष ठाकुरले पार्टीमा स्वागत गरे ।
