sevenstartv.com २१ वैशाख २०८३, सोमवार

चार संसदीय समितिको बैठक बस्दै

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार समितिको बैठक आजथ बस्ने भएको छ । 

बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा  नेपालमा हिउँदमा  हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे नै बस्ने छ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार-मूल्य सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक बिहान ११ बजे नै बस्ने  तय भएको छ ।

बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्