sevenstartv.com २१ वैशाख २०८३, सोमवार

पाँचौ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पाँचौ ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुन ३ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । 

आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म सम्मेलन हुने बताइएको छ । नेपाल बारको आयोजनामा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा ल एशियाका सदस्य तथा गैर–सदस्यसमेत गरी ३६ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएकाे छ ।  

‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने मुल विषयवस्तुमा सम्मेलन केन्द्रित रहने छ । । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्