लेखा समितिको नेतृत्व प्रतिपक्षीले पाउनुपर्ने भन्दै समिति सभापतिको राजीनामा माग
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद् सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।
गलबार बसेको समिति बैठकले सात सदस्यीय समिति गठन गरेको हो । समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय गरेको छ ।
यसअघि सांसद्हरुले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र रास्वपाका सांसद्हरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
सांसद्हरुले लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।
