sevenstartv.com २१ वैशाख २०८३, सोमवार

धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने मन्त्री यादवकाे प्रतिवद्धता

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गरेका छन् । 

मंगलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताएका हुन् । उनले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने बताए । 

जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान हुने बताएका हुन् । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको उनको भनाई छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्