sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्