sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संघीय संसदका दुवै अधिवेशन आह्वान

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार  दिउँसो १ बजे  नयाँबानेश्वरस्थित संसद भवनमा  दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्