sevenstartv.com २१ वैशाख २०८३, सोमवार

अखिल क्रान्तिकारीमा आज उम्मेदवारी दर्ता

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ ।

उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको छ । नयाँ कार्यसमिति चुन्न उम्मेदवारहरुबीच माघ १२ गते निर्वाचन गर्ने तालिका छ । गत असोज १० देखि १४ गतेसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । 

अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवाद निर्वाचनमार्फत् टुंगो लगाइएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले अहिले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

निर्वाचनमार्फत् नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहे पनि सहमतिको प्रयास पनि जारी रहेको नेताहरुले बताएका छन् । फ्र्याक्सन इञ्चार्ज शर्माले निर्वाचन प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए ।

सहमतिको प्रयासमा उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इञ्चार्ज शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंहसहित अध्यक्षका दाबेदार नेताहरुबीच छलफल हुँदै आएको छ । सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । तर सहमति जुटेको छैन ।

नेतृत्वमा अखिल क्रान्तिकारीमा नेतृत्वमा पुग्न गुटगत प्रतिस्पर्धा छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा निकटका नेताहरुले राजनीतिक लबिङसहित रस्साकस्सी जारी राखेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्