sevenstartv.com २१ वैशाख २०८३, सोमवार

हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाउने सरकारकाे निर्णय

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

विपक्षी दलहरुले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्