sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बाराको साविक आदर्श गाविसका तत्कालीन सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बाराको साविक आदर्श गाविसका तत्कालीन सचिवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । हाल जितपुर सिमरा उपमहानगरपालिकाको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अन्सारीले आर्थिक वर्ष २०६४/०६५ मा गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रूपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

त्यतिबेला सटर भाडामा लगाउँदा १२१ जना व्यक्तिहरूबाट अन्सारीले सो रकम लिएको र बदनीयतपूर्ण वडाको खातामा जम्मा नगरी हिनामिना गरेको पुष्टी भएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीसँग हिनामिना बराबरको ३८ लाख ३० हजार ५०० रूपैयाँ बिगो र कानुनअनुसार हुने कैद सजाय माग गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्