sevenstartv.com २१ वैशाख २०८३, सोमवार

विदेशी लगानी भित्र्याउन सरकारले अध्यादेश ल्याएको गृहमन्त्री लेखकको तर्क

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन् । 

गृहजिल्ला आइपुगेका लेखकले उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश आएको बताएका हुन् । मन्त्री लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको समेत जानकारी दिए । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार गठबन्धन अगाडि बढ्ने तर्क गरेका छन् । 

अहिलेको सरकार सुशासन, विकास र समृद्धिका लागि बनेकाले त्यहीअनुसार अगाडि बढिरहेको उनको दाबी छ । मन्त्री लेखकले २०८४ सम्म अहिलेको गठबन्धन चल्ने बताए । उनले अहिलेको १८ महिना एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने र त्यसपछिको १८ महिना कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने जिकिर गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्