कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको हो : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको बताएका छन् ।
आज पार्टीको केन्द्रिय समिति बैठकमा उनले नेपाली कांग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताएका हुन् ।
संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी र्कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको उनले जिकिर गरे । चौधरीले कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताए । अब कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको सांसद चौधरीको धारणा थियो ।
अब नेपाली कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको बताएका छन् । उनले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अल्मलिन नहुने उल्लेख गरे ।
