sevenstartv.com २१ वैशाख २०८३, सोमवार

एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कछन् : शंकर पोखरेल

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।

एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ । माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत बताए ।

नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाई छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे । अब नेकपा एसको भविष्य नभएको समेत उनको भनाई छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्