सरकारले संसद्मा विचाराधिन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोप्रति विपक्षी दलहरु असन्तुष्ट
काठमाडौं । सरकारले संसद्मा विचाराधिन विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले अध्यादेश ल्याउने सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ को रुपमा व्याख्या गरेको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त वक्तव्य पढेर सुनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराए । सरकारको यो कदमबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको उनीहरुको ठहर छ ।
