sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपति पौडेल मकवानपुर जाँदै

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर जाने भएका छन् । 

राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग अवलोकनका लागि उनी मकवानपुर जान लागेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर जाने भएका छन् । 

राष्ट्रपति पौडेल  मकवानपुरको बकैया–११ लेनडाँडा आउने र लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिने कार्यक्रम छ ।  त्यसपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन निजगढतर्फ जाने र त्यहीबाट काठमाडौं फर्कने जनाइएको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्