sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेस र एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको गृहमन्त्री लेखककाे दाबी

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । 

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग कार्यप्रगति विवरणबारे जानकारी गराएपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान नरहेको जिकिर गर्दै उनले सभापतिसँग आफ्नो मन्त्रालयका काम अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए ।

नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्