सरकारको काम प्रभावकारी बनाउन आफ्ना मन्त्रीलाई सभापति देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् ।
बुढानीलकण्ठमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । सभापति देउवाले सम्बन्ति मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी समेत लिए ।
बैठकमा चालु आर्थिक वर्षको बजेटमा परेर पनि स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण सुरु भएर अपेक्षित गतिमा काम नभइरहेका विकास आयोजना सम्पन्न गर्न÷गराउन आवश्यक पहलकदमी लिने निर्णय पनि भएको छ । सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने गनै मन्त्रीहरुलाई सभापति देउवाले सुझाव दिएका छन् ।
सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिए ।
