sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।

बुधबार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्