sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

भूकम्पलाई दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया हाे : प्रधानमन्त्री ओली

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलाई दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया भएको बताएका छन् । 

२७ औँ भूकम्प दिवस २०८१ मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्प जाने, आँधी र पातलो हावा चल्ने कुरा दैवीप्रकोप नभएर प्राकृतिक प्रक्रिया भएको बताएका हुन् । 

‘हामीले एउटा गलत शब्द प्रयोग गर्ने गरेका छौ– दैवी प्रकोप भनेर । दैव किन रिसाउँछ रु’, प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि हामीले दैवी प्रकोप मान्ने हो भने पशुपतिमा पूजा गर्नुपर्छ, स्वयम्भू, बौद्धनाथतिर पूजाआजा गर्दा हुन्छ । तर यो दैवी प्रकोप होइन । हामीसँग भगवान् रिसाउनुपर्ने कारण के छ ?’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्