sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

थमन बिक हत्या प्रकरणको मुद्दा : १३ औँ पटक तोकियो पेसी

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेस आज तोकिएको छ । यो मुद्दामा १३औँ  पटक पेसी तोकिएको हो ।

उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ ।०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद् शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । तर, यो मुद्दा पटकपटक स्थगित हुँदै आएको छ ।

पेसी स्थगित हुने घटनाले कानूनी व्यवसायीहरूबीच सामान्य सेटिङ नमिलेका हुनसक्ने आरोप लाग्ने गरेको छ । यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो ।

मुद्दा सुनुवाइका क्रममा ६ पटक विभिन्न कानूनी कारण, दुईपटक अन्य कारण र केही पटक मुद्दा साथै राख्नुपर्ने अवस्था सिर्जना हुँदा पेसी स्थगित भएको थियो  । मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि सांसद् शर्मालाई निलम्बन गरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्