sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट आज पेसीमा चढेको छ ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासको दोस्रो नम्बरमा पेसी तोकिएको छ । दोस्रो नम्बरमै परेकाले यसमा आज सुनुवाइ हुने सम्भावना छ ।

२०७७ सालमा अध्यादेशमार्फत् नियुक्त ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर सुनुवाइ पटक-पटक सर्दै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्