sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

विपक्षी दलको बैठक बिहीबार पनि बस्ने

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको छ ।

माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । सरकारले संसद बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको छ । 


बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्