समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुन सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।
