sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

चार समितिको बैठक बस्दै

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गतका चार समितिको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधसभाको अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

बिहान ११ बजे नै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नेछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसद्ले बनाएका ऐनकानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० सार्वजनिकीकरण र छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्