sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रवि लामिछानेलाई अदालत ल्याइयो

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । सो दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए ।

 सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने २६ पुसमा रिहा भएका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्