नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताएका छन् ।
४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताएका हुन् । ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन्’, उनले भने, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’
गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए ।
