sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

भूमि आयोगको रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त

१ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भूमि समस्या समाधान आयोग, जिल्ला समिति रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त भएका छन् ।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिम उनलाई भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । मन्त्रीस्तरको पुस २९ को निर्णयानुसार नियुक्त भएसँगै उपाध्यायलाई विभागीय मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् ।

 उपाध्याय रसुवाका पुराना कांग्रेस नेता हुन् । २०४६ सालको जनआन्दोलनका बेला उनी काठमाडौंको पिपुल्स क्याम्पस जनआन्दोलन परिचालन समितिका संयोजक थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्