युवावर्ग एकजुट भएर अघि बढे देश बन्छ : उपमेयर डंगोल
काठमाडौं । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रहरपूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताएकी हुन् ।
उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताइन् । उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी सबै जना महाअभियानमा छौँ। हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ। यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रहरपूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु।'
